Ads

भक्तपुर पुगेका पूर्वराजालाई भव्य स्वागत (तस्बिरहरु)


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर पुगेका छन् ।

उनको स्वागतमा स्थानीय जनताको ठूलै भिड जम्मा भएको छ ।

भक्तपुर दरबार स्क्वायरमा पूर्वराजाको प्रतीक्षामा घन्टौं अगाडिदेखि स्थानीयवासी भेला भएका थिए । उनीहरूमध्ये धेरैले हातमा नेपालको झण्डा बोकेका छन् । धेरैले जातीय पहिरन लगाएका छन् ।

स्थानीयको भिडमा महिला र वृद्धवृद्धाको संख्या ठूलो छ । भिड छिचोल्न सुरक्षाकर्मी र स्वयम्सेवकलाई सकस परेको थियो । उनले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुका साथै तलेजु भवानीको दर्शनसमेत गरेका थिए ।
तस्बिरहरु :

Ads

सम्बन्धित पोष्टहरू