Ads

समाधीस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले दिए माओप्रति श्रद्धाञ्जलि


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओत्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि तियानमेन स्क्वायर पुगेका हुन्। प्रधानमन्त्री दाहाल त्यहाँ पुग्दा चिनियाँ उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

Ads

सम्बन्धित पोष्टहरू