काठमाडौँ। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली (अटोप्राइस) लागु भएसँगै नेपाल आयल निगमले ऋण तिर्न सफल भएको छ ।
गत साउन १ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । सोही अनुसार निगमले १५र१५ दिनमा इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गर्दै आएको छ ।
पछिल्लो दुई महिना नियमित रूपमा स्वचालित मूल्य प्रणाली लागु गरेसँगै निगमले नाफा कमाएको रकमबाट इन्धन खरिद गर्न लिएको सरकारको ऋण तिर्न सफल भएको हो । एक वर्षअघिसम्म नेपाल सरकार र इन्डियन आयल कर्पोरेसन ९आइओसी० को गरेर ३१ अर्ब रुपियाँ ऋण र बक्यौता रहेकामा हाल घटेर दुई अर्ब १० करोड रुपियाँमा झरेको छ ।
पछिल्लो समय पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली कार्यान्वयन गरेसँगै निगम ऋण तिर्न सफल भएको हो । २०७१ सालमा इन्धनमा स्वचालित प्रणाली लागु भए पनि प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको थिएन ।
निगमले हालसम्म कमाएको नाफा रकमलाई सरकारी ऋण तिर्न प्रयोग गरिरहेको जनाएको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरेसँगै नाफा रकम सरकारको ऋण तिर्न गएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्