Ads

प्रमुख अस्पतालका चिकित्सकहरु सेवा बन्द गरेर माइतीघर पुगे


काठमाडौं । काठमाडौंका प्रमुख अस्पतालका आवासीय चिकित्सकहरुले पनि आन्दोलन थालेका छन् । चिकित्सकमाथि लगातार आक्रमण हुन थालेको भन्दै त्रिवि शिक्षण, वीरलगायत अस्पतालका चिकित्सकले आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

राष्ट्रिय आवासीय चिकित्सक संघका पूर्वसचिव डा. अरुण उप्रेतीले कार्यस्थलमा सुरक्षित वातावरण नभएको निष्कर्षमा पुगेपछि आन्दोलन गर्नु परेको बताए । उनीहरु आज शान्तिपूर्ण र्‍यालीसहित काठमाडौंको माइतीघरमा भेला भएका छन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ । पछिल्लो समय पोखरा र चितवनमा चिकित्सकमाथि सुरक्षाकर्मीकै अगाडि कुटपिट गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू