काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाजिक अभियन्ता ईःसँग वार्ता गर्ने भएका छन् ।
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित राष्ट्रिय सभागृह अघि उभिएका ईः लगायतसँग मंगलबार दिउँसो साढे दुई बजे वार्ता बस्ने सहमति भएको महानगरले जनाएकाे छ।
मेयर बालेनको सचिवालय स्रोतले भन्यो, “मेयर वार्तामा बस्ने कि नबस्ने टुंगो छैन ।”
यसअघि महानगरले ईः लगायतसँग वार्ता गर्न समिति गठन गरेको थियो। आज बिहान मात्रै महानगरकी उपप्रमुख सुनिता डंगोलले ईःलाई राष्ट्रिय सभा गृह अगाडि भेटेर कुराकानी गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्