Ads

काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता सुरु, बालेन र ईः दुवै बसेनन्


काठमाडौं । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीच काठमाडौंमा वार्ता सुरु भएको छ ।

वार्तामा अभियन्ता ईः र मेयर बालेन शाह दुवै सहभागी छैनन् ।

ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् ।

सुरुमा ईः आफू स्वयं पनि वार्तामा जाने तयारीमा थिए । तर, महानगरबाट मेयर शाह नआउने भएपछि उनले आफू नगई टोलीलाई छलफलमा पठाउने निर्णय गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू