रुपन्देही । प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रकृया शुरु भएको छ । यसका लागि आगामी सेप्टेम्बर ३० भित्र प्रस्तावित मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश गरिने भएको छ ।
तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखि सरकारी तथा सरोकारवाला निकायहरुबाट चाहिने आवश्यक सहयोग साधन, श्रोतको सुनिश्चिता सरलता र मार्गनिर्देशका लागि गठित निर्देशक समितिको मंगलबार लुम्बिनीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् निर्देशक समितिका संयोजक ल्हारक्याल लामा (खेन्पो छिमे)को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुद्धारा तयारी गरी अन्र्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेजको मस्यौदालाई पेश गर्ने निर्णय गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्