काठमाडाैँ । चार देशका नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा फ्रान्स, संयुक्त अरब इमिरेट्स, कुवेत र स्वीट्जरल्यान्डका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नवनियुक्त राजदूतहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि सरकारले फ्रान्सका लागि नेपाली राजदूतमा सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतमा घनश्याम लम्साल र स्वीट्जरल्यान्डका लागि रामप्रसाद सुवेदीको नाम सिफारिस गरेको थियो ।
त्यसपछि संसदीय सुनुवाइ विशेष समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूतमा नियुक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्