Ads

प्रधानमन्त्री दाहाल मानसरोवर जादै


ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा आएका थिए ।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नुहुनेछ र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि हुन् ।

बुधबार ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहनुभएको थियो । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

Ads

सम्बन्धित पोष्टहरू