काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तिन हजार तिन सय रुपैयाँले घटेको छ । अघिल्लो शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३३०० ले घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेर १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
कारोबारको अन्तिम दिन यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार साताको अन्तिम दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्