Ads

तातोपानीनाकाबाट कारोवारसँगै राजश्वमा वृद्धी


काठमाडौ \ मुख्य चाडपर्वहरुको समय शुरु भएसँगै आवश्यक वस्तुहरुको आयातमा वृद्धी हुन थालेको छ । यसै क्रममा चिनीया सामान भित्र्याउन मुख्य नाका तातोपानीमा केहि समय यता चहल पहल बढेको छ ।

२०७२ सालको भूकम्पपछि केही वर्ष यो नाका बन्द भएको थियो । यस्तै कोरोना महामारी फैलिएपछि फेरि नाका असहज बन्यो यसले विगत केही वर्षदेखि दसैंमा सामान नाकामै रोकिँदा व्यापारी र उपभोक्ताले समस्या भोग्नुपरेको थियो ।

आठ वर्षपछि सार्वधारणका लागि पनि नाका खुला भएपछि यो वर्ष भने नाकाबाट दसैंको सामान आपूर्ति हुनथालेको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठका अनुसार यो नाकाबाट बढीमा २० दिनमा सामान काठमाडौं पुग्ने भएकाले छिटो र सस्तो हुन्छ ।
योभदौदेखि नै नेपाली व्यवसायीले चीनबाट दसैंका लागि आवश्यक सरसामान आयात बढाएसँगै भन्सारको कारोबार बढेको हो । यो नाकाबाट दसैं तिहारलक्षित फलफूल आयातसमेत बढेको छ ।

अहिले तातोपानी नाकाबाट दसैंको सामान बोकेर दैनिक ३० कन्टेर सामग्री भन्सार जाँचपास भइ काठमाडौं भित्रिने गरेका छन्। सुख्खा बन्दरगाह भन्सार यार्डमा अझै कन्टेनरहरु जाँचपासको पर्खाइमा छन् । नेपाली व्यवसायीले अर्डर गरेको सामग्री सहज तरिकाले भित्रिन थालेपछि नाकामा चिनियाँ सामग्रीको गोदाम नै बनेको छ ।

पछिल्लो समय तातोपानीमा आपूर्ति केही सहज भएको भन्सार कार्यालयको दाबी छ । तातोपानी नाका भएर चीनबाट दसैं तिहारजस्ता ठूला चाडपर्वलक्षित जुत्ता, चप्पल, रेडिमेड कपडा, विद्युतीय समानसहित ऊन तथा सबैभन्दा बढी फलफुल भित्रिएको छ । सिन्धुपाल्चोक तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी समान ल्याउँदा कुनै बाधा नआएको बताउँछन् ।

गत वर्षको ६ महिनामा संकलन भएको राजश्व चालु आर्थिक वर्षको असार र साउन महिनामै संकलन भएको भन्सार कार्यालयले जनाएको छ । यो दुई महिनामा एक करोड ६२ लाख राजश्व उठेको हो ।गत वर्षको तुलनामा यो वर्ष मासिक लक्ष्यभन्दा १ सय ७० प्रतिशतले राजस्व संकलन बढेको छ । यसरी नै आयात निर्यात सहज भएमा भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्नसक्ने देखिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू