Ads

नेपालमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्यो


काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघेको छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार जनवरीयता सेप्टेम्बर २९ सम्म ३३ हजार २५५ जना संक्रमित भएका छन् ।  डेंगीबाट जुलाई यता २० जनाको मृत्यु पुष्टि भएको छ ।

यो वर्ष सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ५२५ जना संक्रमित भएका छन् । त्यस्तै, वाग्मतीमा चार हजार ६२९ र गण्डकीमा दुई हजार ९११ जना संक्रमित भएको इडीसीडीको तथ्यांक छ ।

अन्य प्रदेशमा संक्रमितको संख्या एक हजारभन्दा कम छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा एक हजार १४३ जना संक्रमित भएको इडीसीडीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू