Ads

पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन


काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य संयोजक रहेको उच्चस्तरीय आयोग बनँएको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आयोगमा अर्थविज्ञ किशोरजंग कार्की, प्रेमराज जोशी, सहकुल थापा सदस्य रहेका छन् ।

सरकार र प्रमुख प्रतिपक्षी दलहरुबीच आइतबार भएको छलफलले नेपालमा भइरहेको सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग बनाइएको हो।

उक्त आयोगले सुन तस्करी रोक्ने उपाय, संलग्नहरुमाथि कारबाहीको सिफारिस आदि अधिकार पाउने उनले बताइन्। शर्माले आयोगको कार्यावधि तीन महिनाको रहने पनि जानकारी दिइन्।

Ads

सम्बन्धित पोष्टहरू