काठमाडौं । सरकारले डाक्टरको सुरक्षा गर्ने आश्वासन दिएर सम्झौता गरेको भोलिपल्टै फेरि पनि डाक्टर कुटिएका छन् । करिब एक साता आन्दोलनपछि सरकारसँग सहमति भएको केही घण्टाभित्रै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका डा. मनिष थापामाथि हातपात भएको हो ।
आइतबार सबेरै बिहान १ बजेतिर काठमाडौं मेडिकल कलेजका चिकित्सक र स्वास्थ्कर्मीलाई कुटपिट गरिएको भन्दै त्यहाँ स्वास्थ्यकर्मीहरुले काम बन्द गरेका छन् । काठमाडौं मेडिकल कलेजमा पुगेका बिरामीका आफन्तहरुले चिकित्सकसहित ४ जना स्वास्थ्यकर्मीलाई कुटपिट गरेका थिए ।
डायलाइसिस गर्न आएका बिरामी कुरुवाले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेको आरोप लागेको छ । स्वास्थ्यकर्मीहरु डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी सडक अवरुद्ध बनेको छ । डा. मनिषमाथि हातपातको प्रयास गर्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्