दोलखा । प्रहरीले दोलखाको बिगु गाउँपालिका लामाबगरबाट थप ४ केजी सुन बरामद गरेको छ ।
बिगु गाउँपालिका १ लामाबगर बस्ने अशोक मगरको घरपछाडि ढुंगामुनि लुकाएको अवस्थामा उक्त सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
उक्त सुन तिब्बतबाट फलेक नाका हुँदै भित्रिएको प्रहरीको आशंका छ । लामाबगर बीओपीको सशस्त्र र इप्रका सिंगटी प्रहरीको संयुक्त टोलीले सुन बरामद गरेको हो ।
यसअघि गएको बुधबार राति ३ केजी र शुक्रबार ४ केजी सुन बरामद भएको थियो । त्यसको अनुसन्धानको क्रममा आइतबार अपरान्ह ४ बजे थप सुन बरामद भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्