Ads

अख्तियारद्वारा १८ हजारभन्दा बढी उजुरीको फर्स्योट


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष ०७९\८० मा १८ हजारभन्दा बढी उजुरीको फर्स्योट गरेको छ ।

आयोगले गत आर्थिक वर्ष ०७९र८० मा १८ हजार ७९९ वटा उजुरीको क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्स्योट भएको जनाएको हो । आयोगमा सोमबार पत्रकारमार्फत यसबारे जानकारी दिइएको हो ।

यस्तै आयोगले आफ्नो ३३औं वार्षिक प्रतिवेदन आज ९सोमबार० राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । प्रतिवेदनअनुसार आयोगमा आर्थिक वर्ष ०७९\८० मा २० हजार ९०५ उजुरी प्राप्त भएका थिए ।

त्यस्तै अघिल्लो आव ०७८र७९ बाट सात हजार १६२ उजुरी जिम्मेवारी सरेर आएका थिए । कारबाही गर्नुपर्ने कुल उजुरीहरु २८ हजार ६७ वटा रहेकामा त्यसैमध्येबाट १८ हजार ७९९ वटा उजुरीको फर्स्योट भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार एक हजार १३३ उजुरीमाथि विस्तृत अनुसन्धान गरिएको छ ।

त्यस्तै सात हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरीउपर कानुनबमोजिम अन्य कारबाहीका लागि लेखिपठाइएको उनले जानकारी दिए । प्रारम्भिक छानबिनका क्रममा रहेका नौ हजार २६८ उजुरी आव ०८०\८१ मा जिम्मेवारी सरेर आएको उनले जनाए ।

आयोगले आव ०७९र८० मा विस्तृत अनुसन्धान भई आयोगमा निर्णयका लागि पेस भएका कुल ८७८ उजुरीमाथि आयोगबाट ९३७ वटा निर्णय भएकामा १६२ वटा आरोपपत्र दायर गरेको छ । त्यस्तै ६५६ वटा उजुरी तामेलीमा राखिएको, ६३ वटा सम्बद्ध निकायलाई सुझाव दिइएको, २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको जनाइएको छ ।

विशेष अदालतमा दर्ता भएका १६२ आरोपत्रमध्ये गैरकानुनी लाभ(हानिसँग सम्बन्धित ६४ वटा, घुसररिसवतसँग सम्बन्धित ३२ वटा, सार्वजनिक सम्पत्तिको हानि(नोक्सानीसँग सम्बन्धित २७ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी १३ वटा, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आठवटा, राजस्व चुहावटसम्बन्धी सातवटा र विविध विषयका ११ वटा रहेको बताएको छ ।

उल्लेखित आरोपपत्रबाट कुल ७६६ जनालाई प्रतिवादी बनाई एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ मागदाबी लिइएको प्रवक्ता दाहालले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू