डोल्पा\ हिमाली जिल्ला डोल्पा जडिबुटीको भण्डारको रुपमा चिनिन्छ । डोल्पामा पँहेलो सुनको रुपमा रहेको बहुमुल्य जडिबुटि यार्सागुम्बा, जटामसी,गुच्ची च्याउ,सेतक चिनि,पदमचाल,पाँच औँले लगायत विभिन्न प्रजातिका जडिबुटि प्रशस्तमात्रामा पाइने गर्दछन् ।
त्यसो त यस बर्ष यार्चागुम्बा खरिदकालागिमात्रै डोल्पामा १ अर्व ४७ करोड भन्दा धेरै रकम भित्रिएको तथ्याकंले देखाएको छ । यार्सागुम्बा विक्रि वितरणकालागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाबाटमात्रै ५ सय ८८ किलो बराबरको छोड पुर्जी जारी भएको छ ।तिकिलो पच्चीस लाखलेमात्र १ अर्व ४७ करोड रकम भित्रिएको स्थानीय यार्सा व्यापारीले बताएका छन् ।
तीस लाखका दरले हिसाब गर्ने हो भने झण्डै दुई अर्व पुग्ने उनिहरुको भनाइ छ । यस बर्ष डोल्पामा प्रतिकिलो १० लाख देखि ३० लाखसम्म यार्सागुम्बाको खरिद बिक्रि भएको दोलखाकी यार्सा व्यापारी मिमा फिन्जुक शेर्पाले बताइन् । एक दशक भन्दा धेरै पहिलाबाट डोल्पामा यार्सा व्यापार गर्दै आएकी शेर्पाका अनुसार यार्सा पहिलो दोस्रो र तेस्रो गरेर तीन प्रकारको हुने भएकाले मुल्य पनि त्यहि अनुसार हुने गर्दछ ।
डोल्पा गुण र परिमाणको आधारमा नेपालै धेरै यार्सागुम्बा पाइने जिल्ला भएकाले यस बर्ष राम्रो यार्साको ३० लाखसम्म कारोवार भएको निकुञ्जको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत लाल भण्डारीका अनुसार एउटै जिल्लामा करिब पैतालिस दिनको अवधिमा गरिएको दुस्खले डेढ अर्व भन्दा धेरै रकम भित्रिनु सुखद कुरा भएको बताए । यार्साबाट प्राप्त यो रकम जिल्लाका ग्रामिण बस्तीमा रहेका नागरिकका हातहातमा पुगेको यसले डोल्पाबासीको जिवनस्तर सुधारमा ठुलो टेवा पुग्ने उनले बताए ।
त्यतिमात्र नभई यो रकम विदेशबाट डलरको रुपमा भित्रिने भएकाले समग्र देशको अर्थतन्त्रमा समेत टेवापुग्ने भण्डारीको भनाइ छ । त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने करेलीकाँडा गाउँमामात्रै झण्डै एक करोडभन्दा बढी भित्रिएको छ ।
प्रतिक्रिया दिनुहोस्