काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ ।
आजको बैठकमा विद्युत विधेयक २०८० पेस हुँदैछ । संसद सचिवालयकाअनुसार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक सदनमा पेस गर्ने कार्यसूची छ ।
त्यसअघि सभामुद देवराज घिमिरेले विद्युत विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
यस्तै आजको बैठकमा प्रतिनिधि सभाका पूर्व सदस्य खेमराज भट्ट मायालुको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।
क्यान्सर रोगबाट पीडित भट्टको गत असोज ४ गते राति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनी २०५६ सालमा बर्दिया क्षेत्र नं। ३ बाट प्रतिनिधि सभा सदस्यामा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्