Ads

बझाङका भूकम्पपीडितलाई राहत दिनका लागि सिंहदरबारमा बैठक जारी


काठमाडौं । बझाङमा गएको भूकम्पका पीडित नागरिकको उद्धार, तिनलाई राहत वितरण तथा व्यवस्थापनका विषयमा छलफल गर्न अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसिरहेको छ । प्रधानमन्त्री प्रचण्डले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक अहिले बसिरहेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बाह्रौँ बैठक बसिरहेको हो ।

गत मंगलबार बझाङ केन्दबिन्दु भएर भूकम्प जाँदा सयौँ परिवार घरवारविहीन भएका छन् । एकजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

बझाङमा क्रियाशील राजनीतिक दलका नेताहरुले भूकम्प पीडित नागरिकलाई तत्कालै राहत उपलव्ध गराउन बुधबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू