काठमाडौं । अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) खुला गरिएको छ । सन् २०२५ का लागि काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली समय अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरेको हो ।
आवेदनको अवधि कार्तिक २१ गतेसम्म राखि एको छ । नेपाली समय अनुसार उक्तदिन १०ः४५ मा यो भिसाको आवेदन बन्द हुनेछ । डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ ।
विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ । डिभी भर्दा विवाहितले दम्पतीको सबै विवरण र बच्चाबच्ची हुनेहरूले उनीहरूको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने नियम लगाएको छ ।
अमेरिकाले हरेक वर्ष डिभी भरेकाहरूलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डिभी परेर अमेरिका जानेहरूले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्