काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको चौथो दिन बुधबार बढेको सुनको मूल्य आज पाँचौं दिन बिहीबार पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन पनि स्थिर रहेको चाँदीको मूल्य प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्