काठमाडौँ । सरकारले गठन गरेको ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग–२०८०’ ले आफ्नो काम थालेको छ ।
बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आयोगका अध्यक्ष डिल्लीराज आचार्यले कार्य प्रारम्भ भएको जानकारी गराएका हुन् ।
बैठकले आयोगको नाम ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८०, नाममा साइनबोर्ड राख्ने, सोही नाममा लेटरप्याड तयार गर्ने, इमेल कायम गर्ने र वेवसाइट समेत तयार गर्नेलगायत ५ निर्णय गरेको छ।
आयोगको बैठकले पहिलो निर्णयमा आयोग गठन गरी जिम्मेवारी प्राप्त भएकोमा नेपाल सरकार मन्त्रिपरिषदलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यादेश अनुसारको कार्य सम्पन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस्तै दोस्रो निर्णयमा आयोगको सार्वजनिक परिचय एवं पहिचानका लागि संक्षिप्त नाम : “सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८०, नाममा साइनबोर्ड राख्ने, सोही नाममा लेटरप्याड तयार गर्ने, इमेल कायम गर्ने र वेवसाइटसमेत तयार गर्ने भनिएको छ।
यसैगरी तेस्रो निर्णय आयोगको काम कारबाहीको सम्बन्धमा आवश्यकतानुसार सञ्चार सम्पर्कको कार्य एवं सूचना सम्प्रेषणको कार्य आयोगका अध्यक्ष डिल्लीराज आचार्यमार्फत गराउने भन्ने छ।
प्रतिक्रिया दिनुहोस्