Ads

नेकपा विभाजन देशी विदेशीका कारण भएको होः थापा


काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापाले नेकपा देशी तथा विदेशीहरुका चलखेलका कारण भएको बताएका छन् । उनले नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै उक्त कुरा बताएका हुन ।

चितवन वामपन्थीहरुको गढ भएको बताएका छन् । उनले नेपालको राजनीति दुई धुब्रमा विभाजित भएको बताए । एक अग्रगमनकारी र अर्को प्रतिगमनकारी शक्ति बताएका छन् । एमालेको जवज अहिलेको सन्र्दभमा पनि सहि विचार भएको बताए ।

अहिलेको सरकार काम गर्न नसक्ने भन्दै यो सरकार अध्यादेशबाट स्थापित भएको र यससंग जनमत नभएको बताए ।
१०औं महाधिवेशनले प्रधम विधान महाधिवेशनले पारित गरेको प्रतिवेदनलाई सहि तरिकाले लागु गर्ने नेतृत्व चयन गर्ने बताए । यो महाधिवेशनले एमाले पुन सत्ताको बागडोरमा पुगाउने बताए । एमाले समाजवाद र समृद्धिको आन्दोलन भएको बताए ।
एमालेको महाधिवेशन कम्युनिस्टहरुको एकताको महाधिवेशन भएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू