नवलपरासी । महेन्द्रराजमार्गमा पर्ने दलदले बजारमा रहेको बजाज मोटरसाइकलको शोरुममा शुक्रबार राति आगलागी भएको छ । देवचुली नगरपालिका–१३ मा रहेको शोरुममा आगलागी हुँदा करिब ४० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति ११ बजे आगो लागेको प्रहरीले जनाएको छ । आगलागी भएको केहीबेरमै स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएको स्थानीय प्रबिन सापकोटाले जानकारी दिए । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्