काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य पन्ध्र सय रुपैयाँले घटेको छ । अघिल्लो शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा १५०० ले घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले घटेर १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
कारोबारको अन्तिम दिन यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार साताको अन्तिम दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्