Ads

वैदेशिक रोजगारीमा जानेहरुको पीसीआर परिक्षण निःशुल्क गरिने


काठमाडौँ । वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण निःशुल्क हुने भएको छ । संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले सरकारले अबदेखि निःशुल्क परीक्षण गर्ने भएको हो ।

आज(शुक्रबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गरेर पीसीआर परीक्षणको निःशुल्क व्यवस्था गरेको छ । यस सेवा लिनका लागि वैदेशिक रोजगारीमा जाने कागजात पेश गर्नुपर्नेछ ।

ट्रपिकल अस्पताल टेकु, केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला र वीर अस्पतालबाट मात्रै श्रमिकहरुका लागि निःशुल्क पीसीआर परीक्षण हुने मन्त्रालयले जानकारी दिएको हो ।

Ads

सम्बन्धित पोष्टहरू