Ads

विमानस्थल घटनाको छानबिनका लागि समिति गठन


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति विमानमा पुगेको घटनाको छानबिन गर्न गृहमन्त्रालयले समिति गठन भएको छ ।

आज(शुक्रबार) एक विज्ञप्ति जारी गर्दै यही फागुन ९ गते कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटना सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको भन्दै गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रवक्ता पोखरेललका अनुसार विमानस्थलको सुरक्षा अवस्था, कमजोरी र सुधारका उपायका, विभिन्न निकायको कार्यविभाजनलगायतका सम्बन्धमा अध्ययन गर्न अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

गठित समितिले घटनाको छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेश गरिसक्नुपर्ने बताइएको छ ।

 

 

Ads

सम्बन्धित पोष्टहरू