काठमाडौं । नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले ती क्षेत्रमा बसभित्रै सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले विषेशगरी राजमार्गमा हुनसक्ने लुटपाट रोक्न सादा पोशाकका प्रहरी परिचालन गर्न लागेको जानकारी दिए । उनले चाडवाडमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताको आधारमा प्रहरी परिचालन गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको पनि जनाएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन क्षेत्रमा सुख्खा पहिरो जानसक्ने सम्भावनालाई मध्यनगर गर्दै नेपाल प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको छ । सम्भावित घटनालाई रोक्न सडक विभाग, ट्राफिक प्रहरी सडक आयोजना प्रमुख लगायतसँग छलफल गरी मुग्लिन सडकको २४ सै घण्टा सुरक्षा दिई यात्रुलाई सहज रूपमा आवत जावत गर्ने व्यवस्था मिलाइएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्