Ads

ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ


काठमाडौं । ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् ।

आइतबार उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले नियन्त्रणमा लिएको हो ।

फिल्म ‘प्रसाद २’ को विवादमा निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ।

अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ।

Ads

सम्बन्धित पोष्टहरू