Ads

एमाले कम्युनिष्टको प्रमुख शक्ति होः कमल थापा


काठमाडौं । राष्टिय प्रवजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले कम्युनिस्ट आन्दोलनको प्रमुख शक्ति हो बताएका छन् । उनले एमालेको १०औं महाधिवेशनलाई शुभकामना दिदै उक्त कुरा बताएका हुन । उनले एमाले यो देशको प्रमुख कम्युनिस्ट पार्टी र राजनीतिक दल भएको बताए ।

लोकतन्त्रको आवरणमा देश सर्वसत्तावाद तर्फ गएको आरोप लगाए । योजनावद्ध रुपमा देशमा धर्म परिवर्तन भएको बताए । देशमा भ्रष्टाचार मौलाएको , वेरोजगारी बढेको आरोप लगाए । युवाहरु विदेशी भूमिमा रगत पसिना बगाउन बाध्य भएको बताए ।

नेपाल विदेशीहरुको रण मैदान बन्न सक्ने टडकारो देखिएको थापाले बताए ।

केपी ओली जस्तो दृढ अडान र राष्टवादी सोच भएको नेताले यो देशलाई संकटबाट बाहिर ल्याउन योगदान गर्ने अपेक्षा रहेको बताए । भारतले गरेको नाकाबन्दीमा संगै काम गर्ने अवसर पाएको र त्यो समयमा ओलीले राखेको अडानले अहिलेपनि गर्व लागेको बताए ।

मधेशमा लागेको आगो पनि ओलीसंग मिलेर मत्थर गर्न पाएकोमा अहिलेपनि खुशि लागेको बताए ।
नेकपा विवादका कारण जनताको भावना अनुसार काम गर्न सकेन तर ओलीले दुई काम गरेको छ । मधेशमा देखापरेको पृथकतावादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने ओलीले ठूलो योगदान गरेको थापाले बताए ।

ओली नेतृत्वको सरकारले कालापानी लिम्पियाधुराको नक्सा छापेकोमा नेपालीलाई अस्मणीय गुण लगाएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू