काठमाडौँ । भ्यानराइज सोलुसनका अन्तर्राष्ट्रिय प्रविधि व्यवस्थापक मोहम्मद हर्ब्सले टेरामक्सले कल ट्यापिङ नगर्ने दाबी गरेका छन्।
आइतबार नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्राविधिक पक्षको सत्यतथ्य जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा परामर्शदाता हर्ब्सले टेरामक्सले कल ट्यापिङ नगर्ने दाबी गरेका हुन्।
टेरामक्स प्रणालीमा व्यक्तिगत संवेदनशील डाटा कसरी सुरक्षित हुन्छ भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै परामर्शदाता हर्ब्सले भने, टेरामक्स प्रविधि कल ट्यापिङ प्रयोजनका लागी विकास गरिएको होइन, यस प्रविधिबाट कल ट्यापिङ सम्भव छैन ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गर्न, सेवा प्रदायकहरुको राजश्वको विश्लेषण गर्न, सेवाको गुणस्तर कायम राख्नका लागि टेरामक्स प्रणालीको प्रयोग हुने उनले बताए। भ्यानराइज सोलुसनले विकास गरेको टेरामक्स प्रविधि अफ्रिकी मुलुक घाना र आइवरी कोस्टलगायत विभिन्न देशमा प्रयोग हुँदै आएको उनले जानकारी दिए।
टेरामक्सले सीडीआर अर्थात कल डिटेल रेकर्ड हेर्न सक्छ। तर ती सीडीआर इन्क्रिप्टेड हुने भएकाले प्रयोगकर्ताको नम्बर र नामको विवरण हुँदैन। त्यहाँ सीडीआरको एक मूष्ठ विवरण हुने भएकाले व्यक्तिगत विवरणमा पहुँच गर्न सकिँदैन।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले म्यानुअलरुपमा सेवा प्रदायकलाई नियमन गर्न असहज भएकाले ‘टेरामक्स’ को आवश्यकता परेको जनाए । टेलिकम कम्पनीहरूले सेवाग्राहीलाई सेवा दिएवापत् सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरूको अन्य गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित टेरामक्स जडान गर्न लागिएको उनकोे भनाइ छ ।
अध्यक्ष खनालले पत्रकार सम्मेलनमा भने,‘पछिल्लो समय सेवा प्रदायकको कारोबार घटिरहेको छ । सो कारोबार हामीले म्यानुअल नै स्थलगत गएर चेकजाँच गर्ने गरेका छौं । टेरामस्क प्रविधि सुरु गरेपछि यो झन्झटबाट मुक्त हुन्छौ ।’ टेरामस्क प्रविधि खरिद गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आइपुगेपछि मूल्य धेरै देखेर भन्सार कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीरकण विभाग र राजश्व अनुसन्धान विभागलाई पत्राचार गरेको पनि पत्रकारसामु उनले प्रष्ट पारे । भन्सार कार्यालयको पत्रअनुसार अख्तियारले खरिद प्रक्रियामा सहभागी सबैमाथि रेकी गर्न सुरु गरेको बताउँदै केही व्यक्तिलाई बोलाएर बयान समेत लिन सुरु गरिसकेको अध्यक्ष खनालको भनाइ छ ।
टेलिकम कम्पनीहरूले गर्ने बद्मासी रोक्न टेरामक्स निकै उपयोगी हुने खनालले दाबी गरेका छन् । टेरामक्सले व्यक्तिगत फोन ट्याप नगर्ने दाबी गर्दै व्यक्तिगत डेटा पनि नराख्ने उनले प्रष्ट पारे । टेलिकमको डेटा प्रयोग भएर पनि ठगी भएको विषयलाई रोक्न टेरामक्स आवश्यक भएको खनालको भनाइ थियो । टेलिकम सेक्टरमा २०७४/७५,जनावरीदेखि नेपालमा फोर जी सेवा लन्च भएदेखि चारसय गुणा बढी डेटा प्रयोग भएको छ ।
फोर जी लन्च भन्दा पहिला प्रयोग गर्ने डेटाभन्दा अहिले चारसय गुणा बढी टेलिकमले डेटा प्रयोग गरेको हो । सिम बिक्री पनि बढेको छ । तर नेपाल टेलिकमको २०७४र७५ देखि अहिलेसम्म आउँदा २५ अर्बले राजव घटेको जनाउँदै अध्यक्ष खनालले भने, ’यही आधारमा गयो भने नेपालको टेलिकम्युनिकेसन कोल्याप्स हुनसक्छ । घाटामा कसैले व्यापार गर्दैन । प्राधिकरणले अहिलेसम्म टेलिकमबाट प्रयोग भएको डेटा एक–एक जनाबाट हेरिएको छ ।
तर टेलिकमले डेटा नदिने, रियल टाइममा डेटा आवश्यक भएको बेला कर्मचारी आएको हुँदैन । प्राधिकरणले हरेक डेटा मेनुयलरुपमा गरेर हुँदैन भनेर टेरामक्स जडान गर्न लागेको हो ।’ ग्राहकको गोपनियतामा टेरामक्स प्रविधिले कुनै आँच नआउने पनि प्रष्ट पारेका छन् । उनले टेरामोक्सले अवैध कल बाइपास, टेलिकम अपरेटरहरुको कलको मात्रा मापन तथा ठगी वा भीओआइपी गेटवेज पहिल्याउने उनले दाबी गरे । उनले दुरसंचार सेवामा आपराधिक क्रियाकलापको निरीक्षण, न्युनीकरण गरेर दूरसंचार सेवालाई विश्वासिलो र गुणस्तरीयता मापन गर्ने जानकारी पनि दिए । टेरामोक्स संचालनका लागि कार्यविधि बन्न बाँकी रहेको जनाउँदै कार्यविधि बनाउने निर्णय भएपनि अपरेटरसँग छलफल हुन बाँकी रहेको पत्रकारसामु अध्यक्ष खनालले स्पष्ट पारे ।
भ्यानराइज सोलुसनका अन्तर्राष्ट्रिय प्रविधि व्यवस्थापक मोहम्मद हर्ब्सले टेरामक्स प्रोजेक्ट सम्बन्धमा दिएको प्रष्टिकरणः
प्रतिक्रिया दिनुहोस्