Ads

आन्दोलनका घाइते अवस्थी भेन्टिलेटरबाट आसीयूमा


काठमाडाैं । बिहीबार एमसीसी विरुद्धको प्रदर्शनका क्रममा टाउकोमा गम्भीर चोट लागेर घाइते भएका हेमराज अवस्थीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा चोट लागेका अवस्थीलाई ट्रमा सेन्टरमा उपचार पश्चात अन्नपूर्ण न्यूरो अस्पताल लगिएको हो ।

प्यानिट्रेनिङ डिप्रेस्ड फ्याक्चर देखिएकाले बिहीबार साँझ नै अपरेशन गरिएको अस्पतालले जनाएको छ ।

अपरेशनपछि पनि सिटी स्क्यान गर्दा अन्य ठाउँमा रगत देखिएकाले तत्काल अर्को अपरेशन गरिएको पनि अस्पतालले जनाएको छ ।

अहिले भेन्टिलेटरबाट निकालेर आसीयूमा उपचार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू