काठमाडौँ । काठमाडौं महानगरपालिकाले दसैं-तिहारको अवसरमा धरहरा क्षेत्रभित्र अस्थायी रूपमा भूमिगत पार्किङ खुला गरेको छ । दसैं, दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङ नि:शुल्क रूपमा खोलिएको महानगरपालिकाले जनाएको छ ।
आइतबार (असोज २१ गते) देखि पार्किङ खुला गरिएको हो । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरामा तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ। त्यहाँ चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिने जनाइएको छ । यस्तै, धरहराको उत्तर- पूर्व ढोकाबाट पार्किङ स्थल जान सकिने छ ।
प्रतिक्रिया दिनुहोस्