Ads

इजरायलबाट नेपालीको उद्धारबारे छलफल गर्न सिंहदबारमा सर्वदलीय बैठक


काठमाडाैँ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकसहितको बैठक सुरु भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा इजरायलमा भएको आक्रमणमा परेका नेपालीहरूको अवस्थाबारे बैठकमा जानकारी गराइने उनले बताए । त्यस्तै विद्यालय शिक्षा ऐन संशोधनका विषयमा प्रधानमन्त्रीले कुरा राख्ने छन ।

‘बैठक मुख्यरुपमा विद्यायल विधेयक संशोधनबारे प्रधानमन्त्रीज्यूले बैठकमा कुरा राख्नुहुन्छ । त्यसबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा सबैसँग छलफल गरेपश्चात निर्णय हुन्छ’, उनले भने ।

आजै प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमा शिक्षकसँग भएको सम्झौता कार्यान्वय र संशोधनको विषयमा छलफल गरेका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू