काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून र नीतिहरु सुधार गर्न आवश्यक रहेको बताएका छन्।
मंगलवार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउन नीति, ऐन कानुन र नीतिहरू सुधार हुन जरुरी रहेको बताए । उनले दिगो विकासका लक्ष्य पूरा गर्न निजी क्षेत्रले महत्त्वपूर्ण साझेदारका रूपमा काम गरिरहेको बताए ।
उनले नेपालमा व्यवसायिक गतिविधि बढाएर व्यवसायीहरूको आत्मबल बढाउने काम गर्नुपर्ने आवश्यकता रहेको बताए । अध्यक्ष ढकालले निजी क्षेत्रको रोजगारी सिर्जनादेखि हरेक विषयमा ठूलो योगदान रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्