Ads

भन्सार छलेर ल्याइएको कपडा बरामद


काठमाडौँ  ।  नवलपरासी प्रहरीले भन्सार छलेर ल्याइएको १२ लाख बराबरको कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमान्डमा आज बिहान ५ बजे नवलपरासीको सराव गाउँपालिका-७ बुलन्दपुरबाट भन्सार छलेर ल्याइएको सामान बरामद गरेको हो ।

भन्सार छलेर कपडा ल्याउँदै गरेकाहरू प्रहरीलाई देखेर कपडा फालेर भागेका थिए । उक्त कपडाहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाउने तयारी गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू