Ads

मनसुन रोकियो, रोकिएन डेंगी संक्रमण


काठमाडौं \ काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्।

अस्पतालका अनुसार बहिरंग विभागमा दैनिक १२१५ जना डेंगीका बिरामी स्वास्थ्य परीक्षण गराउन आउँछन्। धेरैजसो संक्रमित कालीमाटी, कलंकी, टेकु र डल्लु क्षेत्रका रहेको अस्पतालको अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए। टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, शरीरमा बिबिरा आउने र बान्ता हुने लक्षण लिएर बिरामी उपचारमा पुग्ने गरेका छन्।

त्रिवि शिक्षण अस्पतालमा उपचारमा पुग्नेमा बुढानीलकण्ठ र कपन क्षेत्रका बढी छन्। त्यस्तै वीर अस्पतालमा पनि डंगी संक्रमित उपचार गराउन पुग्ने गरेका छन्। एक सातायता ३० जनामा डेंगी पुष्टि भएको र २० जनालाई भर्ना गरिएको अस्पतालका फिजिसियन डा। धु्रव गैरेले जानकारी दिए। उनको अनुसार डेंगी संक्रमित धेरैजसो चक्रपथभित्रका छन्। बिरामीमध्ये केहीमा जटिल समस्या देखिएको डा। गैरेले बताए।

काठमाडौं महानगरपालिकामा एक सय ८४ जनामा डेंगी पुष्टि भएको रिपोर्ट आएको महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। डेंगी सार्ने लामखुट्टे नियन्त्रणका लागि तयारी भइरहेको काठमाडौं महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद पौडेलले बताए।

कोशीमा २३ हजार संक्रमित
कोशी प्रदेशमा डेंगुबाट सङ्क्रमितको सख्या २३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २३ हजार नौ सय पाँच जना सङ्क्रमित भएका हुन । कोशी प्रदेशमा९६२ दशमलव आठ प्रतिशत० सङ्क्रमित भएका छन् भने सबैभन्दा कम सङ्क्रमित कर्णाली प्रदेशमा रहेका छन । एक सय २८ जना (शून्य दशमलव ३ प्रतिशत) छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेंगुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ ।

मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेंगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् । महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेंगुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू