Ads

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण


काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादव नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।

उपराष्ट्रपतिका प्रमुख स्वकीय सचिव आनन्द कुमार यादवका अनुसार गएराति अस्पताल भर्ना भएका यादवको अवस्था सामान्य रहेको छ। र, भोलिसम्ममा डिस्चार्ज गरिने अस्पतालले बताएको उनले जनाएका छन्।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई फोनगरी स्वास्थ्यल लाभको कामना गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू