काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दाको रिक्युजलको घोषणा गरेका छन् ।
बिहीबार पूर्ण इजलासमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो । बहस सुरु गरे पनि प्रधानन्यायाधीश श्रेष्ठले यस्ता प्रकृतिका मुद्दाको फैसला अधिक गरेकाले फैसला नदिएका हुन् । मुद्दाको अर्को पेसी कात्तिक १४ का लागि तोकिएको छ ।
रिगल समूहको खुँडा प्रहारबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ दोस्रोपटक हुन लागेको हो । यसअघि गत बिहीबार (१८ असोज) प्रारम्भिक सुनुवाइ भएको थियो ।
उक्त निर्णयविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्