Ads

आज राष्ट्रिय सभाकाे बैठक बस्दै


काठमाडाैं । आज राष्ट्रिय सभा बैठक बस्दैछ । संङ्घीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ। बैठक बिहान ११ः३० बजे बोलाइएको छ। संङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक बर्ष २०७९/८९को बार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन्।

रमेशजंग रायमाझीले राष्ट्रिय सभा नियमावली, २०७५ संसोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तथा प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री अशोककुमार राइले ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०’ बैठक समक्ष प्रस्तुत गर्नेछन् ।

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधायन सम्बन्धी विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू