मोरङ\ नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । असोज २२ गते बिराटनगर– १२ का रवि कुमार साह सुडीलाई बिराटनगर–११ मा हामी प्रहरी हौ भन्दै नियन्त्रण लिएर लुटपाट गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले असोज २४ गते उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बिराटनगर–१ का ३८ बर्षीय दिपक तामाङ र बिराटनगर–४ का सुनिल थापा रहेका छन् । पक्राउ परेका दुबै जनाले सुडीलाई घर नजिकैबाट पिछा गरेको र बिराटनगरको रोडशेष चोकमा पुगेपछि मोटरसाईकल रोक्न लगाएर हामी प्रहरी हौ भनी बिराटनगरको हनुमान मन्दिर छेउमा लगेर लुटपाट गरेको खुल्न आएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ८ लाख ६५ हजार, रोयल ईन्फिल्ड मोटरसाईकल, चेकबुक, एटिएम बुक समेत बराद गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्