Ads

हस्ताक्षर फिर्ता लिन शेखर पक्षलाई आग्रह


काठमाडाैँ । कोशी कांग्रेसको कार्यसम्पादन समितिको बैठकले केदार कार्की मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ ।

बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो ।

कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार बैठकले पार्टीलाई एकतावद्द बनाउन कोशी संसदीय दललाई अनुरोध समेत गरेको छ भने केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार काङ्ग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको छ ।

मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट इन्द्र आङ्बो र कांग्रेसबाट विद्रोह गरेर केदार कार्कीले दाबी पेश गरेका छन् । कांग्रेसका सांसदको हस्ताक्षर दुवै उम्मेदवारतिर देखिएपछि प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्त गर्न असहज भएको छ ।

शेखर पक्षका कार्कीको उम्मेदवारी फिर्ता गराउन आग्रह गरिए पनि नलिने अडान सो समूहले लिएको छ । उम्मेदवारी दाबी गर्ने समय आजै ५ बजेपछि सकिने भएकाले प्रदेश प्रमुख परशुराम खापुङले के गर्छन् भन्ने विषयमा सबैको चासो छ ।

Ads

सम्बन्धित पोष्टहरू