काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले काम नगरेकाे बताएका छन् ।
देशमा आर्थिक विकास र समृद्धि, सुशासनका क्षेत्रमा कहालीलाग्दा समस्याका चाँङहरू हुँदासमेत सरकारको ध्यान सत्तामा बस्न र टिक्नमा मात्र केन्द्रित रहेको दाबी गरे ।
प्रेस चौतारी रुपन्देहीले आइतवार बुटवलमा गरेको कार्यक्रममा बोल्दै पौडेलले भने, ‘मुलुकको अर्थतन्त्रलाई चानचुने उपचार गरेर होइन, मेजर अपरेसन गर्नुपर्ने अवस्था छ । सरकार अपरेसन त परै जाओस् सिटामोलसमेत दिनका सकेका छैन । अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले काम गरेन् ।’
कर्मचारीलाई ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी गर्न नसकेको उनले बताए ।
‘पेन्सन र सामाजिक सुरक्षा भत्ता खुवाउनु आन्तरिक ऋण लिनुपर्ने अवस्थाले अर्थतन्त्र असाधारण अवस्थामा पुगेको छ, सरकार गम्भीर हुनुपर्यो’ उपाध्यक्ष पौडेलले थपे । मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादा विपरीत राजनीति गरेको समेत पौडेलले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्