Ads

मनसुन बाहिरिएसँगै यस्तो छ आजको मौसम


काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ ।हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

सोमबार देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।भोलि मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै  र तराईका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू