विराटनगर । आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ता रिहा नगरेको भन्दै पहिचान पक्षधरले धनकुटा बन्दको घोषणा गरेका छन् । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण यातायातका साधन सञ्चालनमा समस्या भएको छ ।
बन्दका कारण धरानबाट भेडेटार हुँदै चल्ने सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।घोषित शान्तिपूर्ण आन्दोलनमा झुटा मुद्दा लगाएर ३ पहिचानवादीहरूलाई पक्राउ गरी नछाडेको भन्दै बन्दको घोषणा गरिएको हो । प्रहरीले राजारानीवाट मनकुमार याम्फू राई, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई पक्राउ गरी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्