काठमाडौं । नेकपा एसका नेता झलनाथ खनालसहित सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एसका केही सांसदले एमसीसीमाथिको मतदान वहिस्कार गर्ने भएका छन् ।
माओवादी र नेकपा एस दुवै पार्टीमा विवादकाबीच एमसीसी पारित गर्ने निर्णय भएको थियो ।
सैद्धान्तिक छलफलमा भाग लिएर सांसदहरुलाई एमसीसी अनुमोदनको विपक्षमा उभिन आग्रह गरेका पूर्व प्रधानमन्त्री खनालले व्याख्यात्मक टिप्पणीको कुनै कानूनी र अन्तर्राष्ट्रिय मान्यता नहुने भन्दै मतदान बहिस्कार गर्ने बताए ।
त्यस्तै नेकपा एसका गिरिराजमणी पोखरेल,अन्जना विशुंखे लगायत सांसदहरु पनि बहिस्कारको तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्