Ads

न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित


काठमाडाैँ । न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छीन्।

मंगलबार काठमाडौंमा भएको भेलाले उनलाई अध्यक्ष निर्वाचित गरेको हो।

न्यायाधीश समाजको अध्यक्षमा सामान्यत वरिष्ठतम् न्यायाधीशलाई बनाउने चलन छ।

यसअघि ईश्वर खतिवडा अध्यक्ष थिए। उनी दोस्रो पटक अध्यक्ष हुनुपर्ने भएपछि प्रधानलाई अध्यक्ष बनाइएको हो।

प्रधान प्रधानन्यायाधीशको रोलक्रममै रहेकी न्यायाधीश हुन्।

Ads

सम्बन्धित पोष्टहरू