बिराटनगर\२९ वर्षिया छविमाया राईलाई प्रेसरकुकर र भड्डु भाँडाले हिर्काएर हत्या गरेको आरोपमा उदयपुरगढी गाउँपालिका ७ नागवेलीका ३१ वर्षीय सन्तोष भनिने पिटर राईलाई पक्राउ गरिएको हो । हत्या आरोपमा पक्राउ परेका राई श्रीमान हुन् ।
भारतको नयाँ दिल्लीमा ९ महिना काम गरेर १४ दिन अघि उदयपुर फर्किएका उनीहरू त्रियुगा नगरपालिका–५ श्रीपुरमा छविमायाको दिदीको घरमा बस्दै आएका थिए । राति ९ बजे मादकपर्दाथ सेवन गरी घर पुगेका राईले आपसी विवादमा प्रेसरकुकरले क्रूरतापूर्वक अनुहार, नाक, मुखमा कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ । कुटपिटबाट भुईमा ढलेकी राईलाई स्थानीयले जिल्ला अस्पतालमा पु¥याएका थिए । उनलाई चिकित्सकले राती १०ः३० बजे मृत्यु घोषणा गरेका थिए । घटनालगत्तै भारत भाग्ने मनस्थितिले फरार भएका आरोपितलाई त्रियुगा नपा ८ राजबास बैरेनीबाट १२ः५० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
प्रहरीको अनुसन्धानबाट उनीहरूबीच विगत तीन वर्षदेखि घर्यासी झगडामा स्थानीयले पटक–पटक छलफल गरी मिलाइएको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्