Ads

रिक्त स्थानमा कहिले हुन्छ, उपनिर्वाचन ?


काठमाडौ\ हाल विभिन्न तहका २४ पद रिक्त रहेका छन् । प्रतिनिधीसभा तर्फ १ स्थान रिक्त रहेको छ भने प्रदेशसभा तर्फ पनि एक ठाउँ खालि रहेको छ । यि स्थानको रिक्तता पूर्ती गर्न कहिले उपनिर्वाचन कहिले हुने भन्ने अहिले चासोको विषय रहेको छ ।
प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनपछि इलाम १ रिक्त्त छ भने सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको मृत्युपछि बझाङ क क्षेत्र पनि १ पद खाली छ । त्यसैगरी १ नगरपालिका प्रमुख, ९ गाउँपालिका अध्यक्ष, १७ वडाध्यक्ष रिक्त्त छन् । रिक्त्त रहेका स्थानमा अधिकांश जनप्रतिनिधिको मृत्यु भएको हो भने केहीले राजीनामा दिएका हुन् ।कहिले निर्वाचन ?

निर्वाचन आयोगले तीनै तहमा रिक्त्त विभिन्न पदका लागि माघपछि मात्रै निर्वाचन गर्ने जनाएको छ । माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि मात्रै संघ, प्रदेश तथा स्थानीय तहमा रिक्त पदको चुनाव हुने आयोगको भनाइ छ । हाल तीनै तहका विभिन्न २४ पद खाली छन् ।

खाली रहेका स्थानको निर्वाचनका लागि राष्ट्रिय सभा चुनावपछि मात्रै तयारी थाल्ने आयोगको भनाइ छ ।

२४ पद खाली रहेको जानकारी आयोगले यसअघि नै सरकारलाई दिइसकेको छ । आयोगको परामर्शमा सरकारले निर्वाचन मिति घोषणा गर्ने व्यवस्था छ ।

 

Ads

सम्बन्धित पोष्टहरू