Ads

एमालेले कात्तिक १४ मा चियापान गर्ने


काठमाडौं । नेकपा एमालेले कात्तिक १४ मा चियापान गर्ने भएको छ।

दशैं, तिहार तथा छठपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्न लागिएको छ।

चियापान कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने पार्टीले जनाएको छ।

नेपालका प्रमुख पार्टीहरूले दशैं तिहारको अवसर पारेर चियापान कार्यक्रम आयोजना गर्दै आएका छन्।

Ads

सम्बन्धित पोष्टहरू